‘रुद्रप्रिया’को पहिलो भिडियो गीत रिलिज (भिडियो)
काठमाण्डौ। रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्रप्रिया’को पहिलो भिडियो गीत रिलिज भएको छ । लोक लयको ‘मेरो माया छ भने’ बोलको गीतको भिडियो बुधवार सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द/संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ ।
झण्डै आठ वर्षपछि पर्दामा फर्किएका आर्यन र रेखाको नृत्य सुहाउँदो देखिएको छ । यो गीतका कोरियोग्राफर प्रविन सिंह हुन् ।
रेखाले ‘मेरो माया छ भने’ बोलको भिडियो निर्माण गर्न एक हप्ता लागेको जानकारी दिइन् । उनले भनिन्, ‘रुद्रप्रियाको यो गीतमा निकै दुःख गरेका छौं । फिल्मको झण्डै आधा बजेट हामीले यो गीतमा खर्चिएका छौं ।’ यो गीतको भिडियो बन्दिपुरमा भब्य सेट तपार पारेर खिचिएको हो ।
कार्तिक दुई गते रिलीज हुने ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मकी निर्माता सरस्वती थापा हुन् भने कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ ।
गीत: