सरोज ओलीको ‘आई लभ यु’ले काट्यो करोडको केक
काठमाण्डौ। करिब डेढ बर्ष अघि सार्वजनिक भएको गायक सरोज ओलीको गीत ‘आई लभ यू’ यूट्युबमा १ करोड बढि पटक हेरिएको उपलक्ष्यमा केक काटिएको छ । आइतवात राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै केक काटिएको हो ।
यो गीतमा सरोज र इन्दिरा जोशीको स्वरमा रहेको छ भने भिडियोमा नायक पल शाह, हाँस्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ र सिताराम कट्टेल (धुर्मुस)को अभिनय छ । गीतमा बसन्त सापकोटाको संगीत तथा दिनेश थपलियाका शब्द छन् ।
कलाकार तथा सञ्चारकर्मीको उपस्थितीमा भएको कार्यक्रममा कलाकारहरुले एक करोड भ्यु पुगेको अवसरमा शुभकामना दिएका छन् । एक करोड भ्यु पुगेको केक काट्दै गायक सरोज ओलीले आफ्नो गीतलाई एक करोड भ्यु पुर्याउने सबै सञ्चारकर्मी तथा सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिएका छन् । यस्तै ओलीले गीतले अहिलेसम्म यो गीतबाट ९ लाख भन्दा बढिको कमाई भएको समेत बताएका छन् ।
कार्यक्रममा गीतसँग सम्बन्धित कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सरोज ओलीको दोश्रो गीतको बारेमा पनि चर्चा गरिएको थियो । सरोज ओलीको स्वरमा रहेको ‘आई लभ यु २’ यो समाचार तयार पार्दासम्म यूट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।
हेर्नुहोस् ‘आई लभ यू’: