नेपाल आईडलमा भिडिरहेका सुरज थापाले गाए यस्तो गीत (भिडियो)
काठमाण्डौ। बाबुको लाहुरे बनोस भन्ने चाहना तोडेर नेपाली संगीत आकाशमा चम्कने उद्देश्यका साथ नेपाली सुगम संगीतको क्षेत्रमा होमिएका उदयीमान गायक हुन सुरज थापा । नेपाली संगीत मै लागेर केही गर्छु भन्ने सपना बोकेका उनी बर्सौ देखी यही क्षेत्रमा सक्रिय छन् ।
निकै संघर्ष गरेर यो क्षेत्रमा आएका उनको पहिलो एल्बम क्रन्दन केही बर्ष अगाडि बजारमा आएको थियो । क्रन्दन भित्रको ‘बहुला हुँ म बहुला’ गीत तथा भिडियोले उनलाई नेकै चर्चा दिलायो । सोही एल्बममा समावेश दोश्रो गीत ‘ओ प्रिया’को भिडियो अहिले चर्चामा छ ।

शब्द संगीत तथा स्वर समेत गायक थापा कै रहेको उक्त गीत को भिडियोलाई हरी हुमागाईँले निर्देशन गरेका हुन् । भिडियो उत्तम हुमागाईँले छायाङ्कन गरेका छन् । निराजन प्रधान र सुमी मोक्तान अभिनित उक्त भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियो सुत्र इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
यस गीत तथा भिडियोले आफ्नो साङ्गितिक करीयर अझ माथि उकास्न मद्धत गर्नेमा आफु विश्वस्त रहेको गायक थापाले बताएका छन् । पछील्लो समय नेपाल आईडलमा सहभागि भएका उनको चर्चा नेपाली संगीत वृत्तमा निकै हुने गरेको छ । यो गीत तथा भिडियोले उनको नेपाल आईडल यात्रा अझै सहज हुने आकलन गरिएको छ ।
भिडियो हेर्नुहोस्: