चलचित्र ‘ऐश्वर्य’को पहिलो रोमान्टिक गीत रिलीज (भिडियो)



काठमाण्डौ। कार्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘ऐश्वर्य’को पहिलो रोमान्टिक गीत रिलीज भएको । गीतमा रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाई फिचरिङ छन् ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ भने सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । गीतलाई तेन्जु योञ्जन र एन्जिला खत्रीले कोरियोग्राफी गरेका छन् ।

यो चलचित्रमा रमेश र दीपिकाको अलावा केकी अधिकारी, केशव भट्टराई, निर्मल शर्मा लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक उप्रेतीले‍ ‘ऐश्वर्य’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

रमेश उप्रेतीको होम प्रोडक्शन कम्पनीले निर्माण गरेको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । सुदीप बरालको छायांकन रहेको चलचित्रमा अर्जुन श्रेष्ठ र किरन राणा उप्रेती निर्माता छन् भने निर्मल शर्मा सह निर्माताको रुपमा रहेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu