HIV संक्रमित बालबालिकामाझ पुगे नायक पल शाह, आर्थीक सहयोग प्रदान



काठमाण्डौ। नायक पल शाह HIV संक्रमित बालबालिकामाझ पुगेका छन् । काठमाण्डौको किर्तिपुर भत्केपाटीस्थित बेबी लाईफ होममा रहेका २३ जना बालबालिकालाई शाहले मनोरञ्जन दिएका थिए ।

पलसँगै गायक हेमन्त शर्मा पनि बेबी लाईफ होममा पुगेका थिए । शर्माले जीवनउपयोगी ज्ञानका कुरा सिकाउँदै आफ्ना गीत गाएर बालबालिकालाई मनोरञ्जन दिएका थिए । नायक शाहले आफ्नो सफलताको कथा सुनाउँदै उनिहरुसँगै नाचगान गरी करीब तीन घण्टा बिताए ।

शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’को हङ्गकङ्गमा गरिएको बिशेष प्रदर्शनीबाट संकलित करिब १ लाख ५१ हजार रुपैयाँ बेबी लाईफ होमलाई प्रदान गरिएको छ । रकम हस्तान्तरणको लागि हङ्कङ्गबाट अशोक मल्ल बेबी लाईफ होम पुगेका थिए ।

मल्लले आफुहरु नियमित रुपमा बेबी लाईफ होममा पुगी सक्दो सहयोग गरिरहेको बताए । बेबी लाईफ होममा निर्दोष हुँदा-हुँदै पनि समाज र आफन्तबाट बहिस्कृत HIV संक्रमित बालबालिका संरक्षित छन् । पहिचान सहितको सफलता एचआईभी शिक्षा सदन नामक विद्यालय पनि बेबी लाइफ होमले सञ्चालन गरिरहेको छ । यो विद्यालय HIV संक्रमित बालबालिकाले अध्ययन गर्ने नेपालको एकमात्र विद्यालय हो । यो संस्थालाई उमा गुरुङ्ग र राजकुमार पुनले सञ्चालन गरिरहेका छन् ।

त्यस्तै, काठमाण्डौको मनमैजुमा रहेको एकीकृत सिर्जनसिल समाजमा रहेका द्वन्द्व पीडित ३६ जना बालबालिकालाई चलचित्र प्रदर्शनीबाट संकलित रकममध्येबाट रुपैयाँ ५१ हजार प्रदान गरिएको छ । सो अवसरमा नायक पल शाह, हङ्गकङ्गका चलचित्र पर्दर्शक अशोक मल्ल, सञ्चारकर्मी जिवन पराजुली, निर्देशक तथा सञ्चारकर्मी विकास सुवेदी, फोटोग्राफर विवेक बश्याल लगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu