बाढीपीडितलाई दीपकराज गिरीको एक लाख सहयोग, कलाकार संघले पनि सहयोग गर्ने



काठमाण्डौ। हाँस्यकलाकार तथा चलचित्र निर्माता दिपकराज गिरीले बाढी प्रभावितलाई रुपैयाँ एक लाख सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

गिरीले आफ्नो अफिसियल फेसबुक मार्फत सहयोग घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो पिडा लाइ आफ्नै पिडा सम्झौँ …ब्यक्तिगत रूपमा रू १ लाख सहयोगको घोषणा गर्दछू…!!!’ ।

यस्तै, नेपाल चलचित्र कलाकार संघको तर्फबाट पनि बाढीपिडीतको सहगोगार्थ रू. ६५ हजार राहत स्वरूप सहयोग गर्ने निर्णय भएको छ ।

साथै, नेपाली चलचित्र ‘जालो’ टीमले पनि सहयोग घोषणा गरेको छ । निर्माता तथा निर्देशक अराज केशबले आफुहरु अहिले भारतको बैंगलोरमा चलचित्र प्रदर्शनीको लागि आएको र त्यहाँ संकलित सबै रकम बाढी पीडित समक्ष पुर्‍याईने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu