‘फाटेको जुत्ता’को पहिलो पोष्टर सार्वजनिक
काठमाण्डौ। नेपाली चलचित्र ‘फाटेको जुत्ता’को पहिलो पोष्टर सार्वजनिक भएको छ । सौगात मल्ल र प्रियंका कार्की स्टारर यो चलचित्र कात्तिक १७ गते रिलिज हुनेछ ।
सार्वजनिक पोष्टरमा कुनैपनि कलाकारहरु अटेका छैनन् । पोष्टरमा एउटा मुख बाँधिएको बोरा र फाटेको जुत्ता लगाएका मानिसको खुट्टा मात्र देखाइएको छ ।
यसअघि ‘जिन्दगी रक्स’ निर्देशन गरेका निकेश खड्काले यो चलचित्र निर्देशन गरेका छन् ।चलचित्रमा सौगात र प्रियंका दुवै तराईवासी भूमिकामा देखिनेछन् ।
अर्जुन कुमारले बनाएको यो चलचित्रमा सौगात र प्रियंकाका अलावा फिल्ममा वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय छ ।