अष्ट्रेलियामा ‘ग्याङ्गस्टर ब्लूज’लाई वाहवाही
हेमराज बिसीले निर्देशित नेपाली चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’को अष्ट्रेलियाको सिड्नीमा आईतबार प्रदर्शन गरिएको छ । नेपालमा भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ग्याङ्गस्टर ब्लूज’को सिड्नी प्रिमियरमा २ सय बढी दर्शकहरु सहभागी थिए ।
चलचित्रको प्रदर्शन ड्रिम हाईट र रकडेल ब्वाईजले आयोजना गरेको हो । ‘ग्याङ्गस्टर ब्लूज’ हेरेपछि प्रिमियरमा उपस्थित दर्शकहरुले समय र टिकटको मुल्य खेर नगएको प्रतिक्रिया दिएका छन् ।
‘ग्याङ्गस्टर ब्लूज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।