‘ग्याङ्गस्टर ब्लुज’को भव्य प्रिमियर, यस्तो रह्यो समिक्षा (भिडियो सहित)



काठमाण्डौ। यहि शुक्रबार प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ग्याङ्गस्टर ब्लुज’को भव्य प्रिमियर भएको छ । बुधवार साँझ राजधानीको एफ क्यूब सिनेमा हलमा चलचित्रकर्मी, सञ्चारकर्मी तथा शूभचिन्तकहरुको उपस्थितीमा प्रिमियर गरिएको हो ।

प्रिमियरमा सहभागी हुन ‘ग्याङ्गस्टर ब्लुज’का सम्पूर्ण टीमको उपस्थिती थियो भने अन्य थुप्रै चलचित्रकर्मीहरुको पनि उपस्थिती थियो । चलचित्र हेर्न नायक आशिरमान देशराजका बुवा, आमा, दाईको उपस्थिती थियो भने नायिका आना शर्माकी आमा र बहिनी पनि उपस्थित थिए ।

सरोज न्यौपानेको निर्माणमा हेमराज बिसिले निर्देशन गरेको यो चलचित्रले प्रिमियरमा तारिफ पाएको छ । चलचित्र हेर्न पुगेकी नायिका प्रियांका कार्कीले रविना देशराजका दुवैजना छोराहरु ट्यालेन्ट रहेको बताइन् । उनले आशिरमानको अभिनय र चलचित्र आफुलाई मन परेको बताईन् । आशिरमानका दाई नायक आयुष्मानले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।

साथै, चलचित्र हेर्न उपस्थित अधिकांश चलचित्रकर्मीले नायक आशिरमानको अभिनयको तारिफ गरेका छन् । यो चलचित्रमा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, नरेश पौडेल लगायतको पनि प्रमूख अभिनय छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu