‘ग्याङ्गस्टर ब्लूज’ र ‘भूइँमान्छे’ रिलीज
काठमाण्डौ। यो साता दुई नेपाली चलचित्रहरु रिलीज भएका छन् । ‘ग्याङ्गस्टर ब्लूज’ र ‘भूइँमान्छे’ आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएका छन् । यि दुई चलचित्र अलग-अलग स्वादका चलचित्र हुन् ।
‘ग्याङ्गस्टर ब्लूज’ ग्याङ्गस्टर कथामा आधारित छ भने ‘भूइँमान्छे’ अस्पतालमा शव चिर्ने व्यक्तिको मनोविज्ञानमा आधारित छ ।
हेमराज बिसीले निर्देशन गरेको ‘ग्याङ्गस्टर ब्लूज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बिसी निर्माताको रुपमा रहेका छन् ।
नवराज बुढाथोकी निर्देशित ‘भूइँमान्छे’मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन ।