चन्दा देवनको ‘अली अली’मा एलिशाको नृत्य (भिडियो)
काठमाण्डौ। गायिका चन्दा देवनको ‘अली अली’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोक शैलीको गीतमा मोडल एलिसा राइको नृत्य छ ।
विदुर खतिवडाले निर्देशन गरेको भिडियोमा छोरीले आमाको सामु अभिव्यक्त गरेका भावनालाइ नृत्यको माध्यमबाट देखाउन खोजिएको छ । उमेरसँग छोरीमा आएका चाहना र रहरहरुलाइ गीतमा चन्दाले उल्लेख गरेकी छिन् । चेतन बाराकोटीले लेखेको गीतमा सचिन सिंहको संगीत छ ।
सुदिप बरालको छायांकन, राजिव समरको कोरियोग्राफी रहेको यो गीतलाइ नगरकोटमा छायांकन गरिएको हो ।
भिडियो: