हेर्नुहोस् ‘छक्का पञ्जा २’को दोश्रो गीत (भिडियो)



काठमाण्डौ। सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को नेम सिक्वेल चलचित्र ‘छक्का पञ्जा २’ को दोश्रो गीत सार्वजनिक भएको छ । ‘तिमी उता किनारमा’ बोलको गीतमा तक्मे बुढाको नामले परिचित विल्सन बिक्रम राई र प्रियंका कार्कीको प्रमूख अभिनय छ । भिडियोमा दीपकराज गिरी र बुद्दी तामाङ समेत फिचरिङ छन् ।

सोमवार राजधानीमा एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ भने किरण कँडेलको संगीत र उत्तम सञ्जेलका शब्द छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा पुरुषोत्तम प्रधानको छायांकन छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म ‘छक्का पन्जा २’ ‘छक्का पन्जा’को फोटोकपी नभएको बताए । उनले भने, ‘हामीले ‘छक्का पन्जा २’ लाई ‘छक्का पन्जा’को फोटोकपी बनाएका छैनौं । गीतसंगीत पनि पहिलाको भन्दा फरक बनाएका छौं ।’ यस्तै, निर्देशक दीपाश्री निरौलाले दर्शकलाई हँसाउन ‘छक्का पन्जा २’ बनाएको बताइन् ।

यो चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।

पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu