​’ऐश्वर्य’को पोष्टर रिलिज



कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐश्वर्य’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य तीन पात्र रमेश उप्रेती, दीपिका प्रसाईं र प्रशान्त ताम्राकार फिचरिङ छन् । ‘तिमी रोएको पल’ बोलको गीतबाट चर्चामा रहेको फिल्मले कथाको थिमलाई सार्वजनिक पोष्टर मार्फत प्रस्ट्याउने कोशिस गरेको छ ।

पोष्टरमा पनि टिजर झैँ ऐश्वर्यको लागि रमेश र प्रशान्त बिचको टक्करलाई देखाउन खोजिएको छ । टौवा क्रियसनले पोष्टर डिजाइन गरेको हो । फिल्ममा रमेश, प्रशान्त र दीपिकाको अलावा केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । 

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप बराल फिल्मका छायाँकार हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu