‘लिला’को ‘मिसावट छ पिरतीमा’ गीत रिलिज (भिडियो)
भाद्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको नायिका सञ्चिता लुईटेलको मुख्य भूमिका रहेको फिल्म ‘लिला’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मिसावट छ पिरतीमा’ बोलको गीतमा युवराज चौलागाईको स्वर छ भने डा.कृष्णहरी बरालको शब्द र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।
फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’का कार्यकारी निर्माता सिपी पौडेल हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
भिडियो: