‘दुई रुपैयाँ’ हेर्न दर्शकको अपार भिड, कलाकार हलमा पुग्दा जे देखियो (भिडियो)
काठमाण्डौ। शुक्रवार रिलीज भएको नेपाली चलचित्र ‘दुई रुपैयाँ’ देशभर सफलताका साथ चलिरहेको छ । यसै सन्दर्भमा रिलीजको दोश्रो दिन शनिवार राजधानीका केहि हलमा कलाकार दर्शक भेट्न पुगेका छन् ।
निश्चल बस्नेत र आशिफ शाहको प्रमूख भूमिका रहेको यो चलचित्रमा बुद्दि तामाङ्ग, मेनुका प्रधान, राजन ईशान, रविन्द्र झा, बिशारद बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ । रिलीज अगावै ‘कुटुमा कुटु’ बोलको गीतको भिडियोले यो चलचित्र निकै चर्चामा थियो, जुन गीतमा स्वस्तिमा खड्काको नृत्य थियो ।
असिम शाहले निर्देशन गरेको यो चलचित्र ए जि टु वान प्रोडक्शन प्रा.ली.र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको हो ।
हेर्नुहोस् हल रिपोर्ट: