माघ २६ गते ‘शेरबहादुर’
काठमाण्डौ। नेपाली चलचित्र ‘शेरबहादुर’को रिलिज मिति तय भएको छ । आर राजवंशी निर्देशित यो चलचित्र माघ २६ गते रिलीज हुनेछ ।
चलचित्रले मिति तोक्दै पहिलो पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा प्रस्तुत भएका छन् ।
धिराज प्रोडक्सनको व्यानरमा निर्मित ‘शेरबहादुर’मा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लागनी रहेको सिनेमामा कोशिस क्षेत्रीको शब्द/संगीत रहेको छ ।
चलचित्र नाम प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएपनि कथा उनको जीवनीसँग नमिल्ने निर्माण युनिटले ‘शेरबहादुर’ घोषणा ताका जानकारी दिएको थियो ।