मंसिर १५ मा ‘माई लभ’ रिलीज हुने



काठमाण्डौ। चर्चित चलचित्र ‘शिरीषको फूल’का निर्देशक डा. तोसिआकी ईतो (जापानिज निर्देशक) द्वारा निर्देशित नेपाली चलचित्र ‘माई लभ–प्रमिस फर काठमाण्डौ’ आउँदो मंसिर १५ गते रिलीज हुने भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रका टिमले रिलीज मिति तोकेको छ । चलचित्रको वारेमा जापानबाट आएका कलाकारहरुले पनि आफ्ना कुराहरु व्यक्त गरेका थिए । बैशाख १२ गते गएको भुकम्पको सेरोफेरो र भूकम्पका बेलमा मानिसका देखिएका संवेदना र माया प्रेमलाई समेटेर यो चलचित्र निर्माण भएको हो ।

फिल्म क्रियशन नेपालको निर्माणमा बनेको ‘माई लभ’मा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायत कलाकारहरुको मूख्य भुमिका रहेको छ । चलचित्रमा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ ।

भुकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानीसहरु भन्दा समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषय चलचित्रमा रहेको छ । बिशेष गरि काठमाडौं महानगरभित्र भुकम्प पछिको अस्तव्यस्तलाई चलचित्रले चित्रण गर्न खोजेको बताईएको छ ।

यो चलचित्र महानगरपालिकासँग सम्बन्धित रहेकोले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा सोमवार विशेष प्रदर्शनी समेत गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu