हेर्नुहोस् प्रियंकाको ‘चोली’, ‘फाटेको जुत्ता’को गीत रिलिज (भिडियो)



काठमाण्डौ। कात्तिक १७ गते प्रदर्शन हुने नेपाली चलचित्र ‘फाटेको जुत्ता’को दोस्रो गीत रिलिज भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बिच फिल्ममा समावेश ‘चोली’ बोलको गीत सार्वजनिक गरिएको हो । यसअघि रिलीज भएको ‘आई एम सरी’ बोलको गीतलाई युट्युबमा २० लाख बढि पटक हेरिएको छ ।

सार्वजनिक गीतमा मिना निरौला र शंकर थापाको स्वर, शंकर थापाकै संगीत र डिपी खनालको शब्द रहेको छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।

अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई ‘जिन्दगी रक्स’का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu