‘चर्खा’को ‘घन् घन् मादल घन्कियो’ गीत रिलीज (भिडियो)



काठमाडौँ। नेपाली चलचित्र ‘चर्खा’को ‘घन् घन् मादल घन्कियो’ बोलको गीत सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्व बडादशैंको शुभ अवसर पारेर फिल्ममा समावेश नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीमा तयार पारिएको यो गीत सार्वजनिक गरिएको हो । गीतमा विकाश चौधरीको संगीत रहेको छ भने गोबिन्द गौतमले लेखेका हुन ।

गीतमा रामचन्द्र काफले र जुनु रिजालको संयुक्त स्वर रहेको छ । गीतको भिडियोमा दिब्य सुबेदीले क्यामरा चलाएका छन् भने कविराज गहतराजले कोरीयोग्राफी गरेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको यो गीतको भिडियोमा नायक दीलीप रायमाझी र गायिका जुनु रिजाल फिचरिङ छन् ।

यो चलचित्रमा निर्जन थापा, सुशान्त कार्की, सुरबिना कार्की, रजनी केशी, जुनु रिजाल, दीलिप रायमाझी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सन्जिता फिल्मसको पहिलो प्रस्तुतीका रुपमा निर्माण भएको यो फिल्मलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् । सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल, बालकृण खडका, रुपेश केसीको संयूक्त लगानीमा चलचित्र निर्माण भएको हो । चलचित्रका प्रस्तुतकर्ता सहदेव गौतम हुन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu