रिलीज पछि ट्रेन्डिङ्गको पहिलो स्थानमा ‘मेरो पैसा खोई’ ट्रेलर
काठमाण्डौ। दशैँको अवसरमा बुधवार फुलपातीको दिन रिलीज भएको नेपाली चलचित्र ‘मेरो पैसा खोई’को ट्रेलर रिलीज पछि सोशल मीडिया भिडियो प्लाटफर्म यूट्युबमा ट्रेन्डिङ्को नंबर १ मा आएको छ । रिलीजकै दिन साँझपख ट्रेलरले पहिलो स्थानमा आफुलाई उकालेको थियो ।
सामान्यतया नेपाली चलचित्रका ट्रेलरहरु चलचित्र रिलीजक एक महिना अगावै सार्वजनिक हुन्छन् । सार्वजनिकसँगै ट्रेलर अगाडी बढ्छन् । तर, ‘मेरो पैसा खोई’को मामला भने अलिक फरक बन्यो । चलचित्र रिलीजको ४ दिन अगाडी मात्र ट्रेलर रिलीज भयो । दर्शकले फिल्मबारे जानकारी पाउनु अगावै हलमा लाग्यो । यसकारण पनि रिलीजपछि मात्र ट्रेलर हिट भएको हो ।
यो समाचार तयार पार्दासम्म ट्रेन्डिङ्गको पहिलो स्थानमा रहँदै करिव दुई लाख भ्यूज ट्रेलरले पाएको छ ।
रोज राणाले निर्माण र निर्देशन गरेको यो चलचित्रमा यौन व्यावसायमा संलग्न महिलाहरुको कथा छ । चलचित्रमा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ्, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ ।
राजधानीमा असोज ११ मा रिलीज भएको यो चलचित्र असोज २० मा मोफसलमा लाग्नेछ ।
ट्रेलर: