‘रानी’ ट्रेलर रिलीज (भिडियो)



काठमाण्डौ। कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘रानी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा त्रिकोणात्मक प्रेमकथामा खलपात्रको प्रवेशलाई देख्न सकिन्छ ।

फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । मलिना जोशी, सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको अभिनय रहेको यो चलचित्रमा नायक अनुप बिक्रम शाहि यो फिल्ममा नेगेटिभ भूमिकामा छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने पात्रको अभिनय अनुपले गरेका छन् ।

भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । दयाराम दाहाल निर्देशित यस फिल्मलाई पुरुषोत्तम प्रधान, सिसन बानियाँ र मान कृष्ण महर्जनले छायांकन गरेका छन् । फिल्ममा विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन, बिमल मान गुभाजुको निर्माण रहेको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu