नेपाली चलचित्र ‘अमेरिका बोइज’ निर्माण हुने



काठमाण्डौ। नेपाली चलचित्र ‘अमेरिका बोइज’ निर्माण हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने यो चलचित्र तिहारपछि फ्लोरमा जाने बताईएको छ ।

चलचित्रको नाम ‘अमेरिका बोइज’ भएपनि अधिकांश छायांकन नेपालमा नै हुने बताईएको छ । चलचित्रमा अर्पण थापा, सुनिल थापा (राते काईला), हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । यो चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन् । प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रको लागत दुई करोड रहने बताइएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्द चलचित्रका निर्माता हुन् ।

‘अमेरिका बोइज’ले ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने निर्देशक पौडेलले बताए । उनले भने, ‘नाम ‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा फिल्म निर्माण हुनेछ । फिल्मलाई राम्रो बनाउन सक्छौ भन्ने विश्वास छ ।’

चलचित्रलाई अलोक सुक्लाले खिच्नेछन् । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत सुन्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu