‘रुद्रप्रिया’को भव्य प्रिमियर
काठमाण्डौ। सोमवार साँझ राजधानीमा नेपाली चलचित्र ‘रुद्रप्रिया’को भव्य प्रिमियर सम्पन्न भएको छ । कुमारी हलमा आयोजना गरिएको प्रिमियरमा चलचित्रका मुख्य कलाकार रेखा थापा, आर्यन सिग्देल, राजन इशानसँगै निर्देशक सुदिप भुपाल सिंह र फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल लगायत उपस्थित थिए ।
दयाहाङ राई, केकी अधिकारी, रिमा विश्वकर्मा, नीता ढुंगाना, आमेष भण्डारी, शोभित बस्नेत, अनुभव रेग्मी, खुश्वु खड्का, शिल्पा पोखरेल, छविराज ओझा लगायतका चलचित्रकर्मीहरु ‘रुद्रप्रिया’ हेर्न कुमारी हल पुगेका थिए ।
प्रिमियरमा शोबाट यस चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । यो चलचित्र कार्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।