‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको नायक सौगात मल्ल र नायिका बेनिशा हमाल अभिनित यो चलचित्रलाई नायिका निशा अधिकारीले पहिलो पटक निर्माण गरेकी हुन् । चलचित्रलाई सिमोस सुनवारले निर्देशन गरेका छन् ।

ट्रेलर रिलिज कार्यक्रममा सौगात र बेनिशासहित सम्पूर्ण कलाकार फिल्ममा लगाएको पहिरनमा उपस्थित भएका थिए । बेनिशाले साधारण रातो रंगको साडी-चोली लगाएकी थिइन् भने सौगातले खुम्चिएको सर्ट-पाइन्ट र शिरमा ढाका टोपी लगाएका थिए ।

ट्रेलर सार्वजनिक कार्यक्रममा ‘झ्यानाकुटी फोटो कन्टेस्ट’को पनि घोषणा गरिएको छ । प्रिती नुडल्ससँग सहकार्यमा प्रेमिकाले प्रेमी काँधमा बोकेको वा श्रीमतिले श्रीमान बोकेको तश्वीर फेसबुकमा अपलोड गरेर सर्वाधिक वर्जिनल लाइक पाउने जोडीलाई ५१ हजार नगद हस्तारण गर्ने बताईएको छ ।

‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिश सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu