तिहारमा दुई नेपाली चलचित्र: ‘रुद्रप्रिया र ‘रानी’
काठमाण्डौ। यो साता दुई नेपाली चलचित्रहरु रिलीज भएका छन् । रेखा थापा र आर्यन सिग्देल स्टारर ‘रुद्रप्रिया’ र शारुक ताम्राकार, मनिषसुन्दर श्रेष्ठ, अनुप बिक्रम शाहि, मलिना जोशी स्टारर ‘रानी’ प्रदर्शनमा आएका हुन् ।
नेपालीहरुको महानपर्व तिहार र छठलाई लक्षित गर्दै यि चलचित्र रिलीज भएका छन् । ८ वर्षपछि पर्दामा फर्किएको रेखा र आर्यन अभिनित ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । यो फिल्ममा रेखा र आर्यनका अलावा राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।
दयाराम दाहाल निर्देशित ‘रानी’मा त्रिकोणात्मक प्रेम कथा छ । यो चलचित्रका निर्माता विमलमान गुभाजु हुन् । पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायांकन रहेको ‘रानी’मा यम थापाको कथा, विजय घिमिरेको संगीत, बाबु थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।