केकीले बनाउने चलचित्र ‘कोहलपुर एक्सप्रेस’ घोषणा



काठमाण्डौ। नायिका केकी अधिकारी निर्माता रहेको नेपाली चलचित्र ‘कोहलपुर एक्सप्रेस’को निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र घोषणा गरिएको हो ।

यसै चलचित्रबाट म्यूजिक भिडियोका हिट निर्देशक विशाल भण्डारीले निर्देशनमा डेब्यू गर्दैछन् । कार्तिक १३ गतेबाट छायांकन सुरु हुने चलचित्रमा केकी आँफै मुख्य भूमिकामा छिन् । केकी बाहेक प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको पनि प्रमूख अभिनय रहनेछ ।

बाँकेको कोहलपुरमा छायांकन हुने यस चलचित्रमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत रहनेछ । केकीको होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’ बाट निर्माण हुने यो चलचित्रमा केकीसँगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाईँ निर्माता रहेका छन् ।

शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहने यो चलचित्रले तीन यूवतीको कथा भन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu