ट्राफिक प्रहरीलाई ‘फाटेको जुत्ता’को सहयोग



काठमाण्डौ। महानगरीय ट्राफिक प्रहरीलाई नेपाली चलचित्र ‘फाटेको जुत्ता’को युनिटले सहयोग गरेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सहयोग हुने गरी ट्राफिक व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘फाटेको जुत्ता’ का निर्माता अर्जुन कुमारले सोमवार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं डीआईजी सर्वेन्द्र खनालसँग भेट गर्दै सामाग्री हस्तान्तरण गरे । निर्माता अर्जुनले ३५ वटा ट्राफिक साइन बोर्ड, ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड प्रदान गरेका हुन् । डीआईजी सर्वेन्द्र खनालले ‘फाटेको जुत्ता’ टिमबाट प्राप्त सामाग्रीको सही सदुपयोग गर्ने विश्वास दिलाएका छन् ।

अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशनमा बनेको ‘फाटेको जुत्ता’ मा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu