धुर्मुस-सुन्तलीको नयाँ बस्तीलाई यूकेबाट सहयोग, निर्देशक खनालद्वारा हस्तान्तरण
काठमाण्डौ। धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको नयाँ नमुना एकिकृत बस्तीको लागि युकेबाट प्राप्त सहयोग हस्तान्तरण भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि युकेमा रहेको ‘नेपाली भाषा संस्कृतीक केन्द्र’ र ‘बन्दथोक नेपाली समाज युके’ले सहयोग गरेको हो ।
सोमबार दुई संस्थाको संयुक्त प्रयासमा संकलन भएको २ हजार ३ सय ९१ पाउण्ड इस्ट्रेलिङ्ग फाउन्डेसनलाई हस्तान्तरण गरिएको छ । युकेका संस्था प्रतिनिधि राजन फुयाँल र चलचित्र निर्देशक दिपेन्द्र के. खनालले धुर्मुस-सुन्तली फाउन्डेसनकी कुञ्जना घिमिरेलाई चेक हस्तान्तरण गरेका थिए ।