‘जानी नजानी’ आँचलको प्रेममा पल (भिडियो)
काठमाण्डौ। नायक पल शाह र नायिका आँचल शर्मा अभिनित नयाँ नेपाली गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘जानी नजानी’ बोलको गीतलाई राजेश लामाले स्वर दिएका छन् ।
विकास सुबेदीको निर्देशनमा बनेको भिडियोमा पल र आँचलको प्रेम देखिन्छ । किशोर घिमिरेका शब्दमा सुरज शाहि ठकुरीको संगीत रहेको गीतका एरेन्जर उदयराज पौडेल हुन् ।
सार्वजनिक भिडियोका छायाँकार अनिल के. मानन्धर हुन् भने सम्पादक सुप्रिम पराजुली हुन् ।
भिडियो: