‘ऐश्वर्य’ क्रेज (भिडियो)
काठमाण्डौ। प्रदर्शनको तीन दिनमा एक करोडको व्यापार गरेको बताईएको चलचित्र ‘ऐश्वर्य’ले हलमा तर्शक तान्न सफल भएको छ । गीत र ट्रेलरले बनाएको हाइपका कारण हलमा दर्शकको बाक्लो उपस्थिती छ ।
दर्शकले कलाकारहरु रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई र नायिका केकी अधिकारीको अभिनय मन पराएका छन् । प्रदर्शनको दिनदेखि हल-हलमा पुगेर दर्शकसँग फिल्मका कलाकारले साक्षात्कार पनि गरिरहेका छन् । शनिवार पनि फिल्मका नायक रमेश उप्रेती, नव-नायिका दीपिका प्रसाई र खलनायक प्रशान्त ताम्राकार राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग सेल्फीमा रमाए । राजधानीका प्रत्येक हलमा दर्शकको घुँईचो देखिन्थ्यो ।
दुई धनाड्य अर्थात्, रमेश उप्रेती र प्रशान्त ताम्राकारको दुश्मनीको कथा फिल्मले बोल्छ । फिल्ममा रमेशले दीपिका र केकीसँग रोमान्स गरेका छन् । दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ ।
भिडियो: