मान्छे बोक्सी हुन्न भन्दै बन्यो चलचित्र ‘अग्निदहन’, यस्तो छ पोस्टर
काठमाण्डौ। मान्छे बोक्सी हुन्न भन्ने सन्देशमा आधारित रहि चलचित्र ‘अग्निदहन’ बनेको छ । बुधवार राजधानीमा एक कार्यक्रम गर्दै यो चलचित्रको पोस्टर तथा टीजर सार्वजनिक गरिएको छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा बनेको चलचित्रले नेपाली समाजमा विद्यमान रहेको बोक्सी प्रथालाई पूर्ण रुपले निर्मुल गर्नमा सहयोग गर्ने प्रस्तुतकर्ता कोविद शरण उपाध्यायले बताए ।
‘अग्निदहन’लाई ‘धौली’ फेम निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोविद शरण उपाध्यायको हो ।
चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माउत्से गुरुड, तुलसा क्षेत्री, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘अग्निदहन’मा दिर्घ गुरुङको छायांकन, जेशन कुवरको पार्श्व संगीत, दीर्घ खड्काको सम्पादन तथा उत्तम न्यौपानेको ध्वनि मुद्रण रहेको छ ।