‘फाटेको जुत्ता २’मा रहिनन् प्रियंका, सम्झौता अनुसार काम नगरेपछि रिसाए निर्माता



काठमाण्डौ। चलचित्र ‘फाटेको जुत्ता’को सिक्वेल स्वरुप ‘फाटेको जुत्ता २’ निर्माण हुने भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माता अर्जुन कुमारले अर्को चलचित्र घोषणा गरेका छन् ।

आगामी बैशाख १ गते प्रदर्शनको मिति समेत तोक्दै अर्जुनले ‘फाटेको जुत्ता २’ घोषणा गरेका हुन् । नायिका प्रियंका कार्की बाहेक अरु सबै टीम नयाँ चलचित्रमा हुनेछन् । नायिका को हुनेछ त्यो भने तय भएको छैन ।

‘फाटेको जुत्ता’ रिलीजको समयमा प्रियंकाले सम्झौता अनुसार काम नगरेको कारण नयाँ चलचित्रमा उनि नरहेको बताईन्छ । प्रियंकाले चलचित्रको प्रचार-प्रसारको लागि आनाकानी गरेकी थिइन् । उनले अन्य चलचित्रले आफुलाई प्रमोशनको लागि समेत रकम दिने तर अर्जुन कुमारले नदिएको कारण प्रचारमा नदेखिएको श्रोतले बताएको छ । यद्यपी अर्जुन कुमारले प्रियंकासँग गरेको सम्झौतामा भने उनले प्रचार-प्रचारमा समेत साथ दिने उल्लेख रहेको बताईन्छ ।

फाटेको जुत्ताले एक हप्तामा २ करोड बढिको कलेक्सन गरेको जानकारी गर्दै अर्जुनले भने, ‘दर्शकको मायाका कारण यसको दोस्रो भाग बनाउन लागेको हुँ । सिंगल र मल्टिप्लेक्समा अझैपनि फिल्मको व्यापार राम्रो छ ।’ उनका अनुसार, ‘फाटेको जुत्ता २’ लाई पनि निर्देशक निकेश खड्काले नै निर्देशन गर्नेछन् ।

उनले अगाडि भने, ‘सौगात मल्लसहित ‘फाटेको जुत्ता’मा अभिनय गर्ने प्राय: सबै कलाकारहरुले नै ‘फाटेको जुत्ता २’ मा अभिनय गर्नुहुनेछ । अभिनेत्रीको टुंगो भने हामी चाँडै लगाउने छौ ।’

नायक सौगात मल्लले ‘फाटेको जुत्ता २’ मा पनि अनुवन्धित हुन पाउँदा खुसी महशुस गरेको बताए । उनले भने, ‘म आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्ने कोशिश गर्छु । ‘फाटेको जुत्ता’को सफलतापछि यसको दोस्रो भागमा पनि म जोडिन पाउनु भनेको निकै खुसीको कुरा हो ।’

साथै, ‘अर्जुन कुमार फिल्मस्’बाट अब नेपाली फिल्म वितरण गर्ने पनि घोषणा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu