आश्मा बनिन् आकासकी ड्रिम गर्ल
काठमाण्डौ। नेपाली चलचित्र ‘ड्रिम गर्ल’ बन्ने भएको छ । ऋषिराज आचार्यले निर्देशन गर्ने यस चलचित्रमा नायक आकाश श्रेष्ठले नव-नायिका आश्मा गिरीलाई आफ्नो ड्रिम गर्ल बनाउनेछन् ।
भारतको चलचित्र निर्माण कम्पनी रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा आर. बि. मुभिको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । अर्जुन शर्मा र ऋषिराज आचार्य निर्माता हुन् ।
आकाश र आश्माका अलावा सरोज खनाल, विल्सन विक्रम राई, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहनेछ । यो चलचित्र नेपालको रारा ताल, मुस्ताङसँगै दुवई र कतारमा पनि छायांकन हुनेछ ।