‘बटरफ्लाई’को गीतमा आर्यन र प्रियंकाको रोमाञ्स (भिडियो)
काठमाण्डौ। नेपाली चलचित्र ‘बटरफ्लाई’ (कलर अफ लाइफ)को गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘म गाउँदिन अब गीत’ बोलको गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक गरिएसँगै तारिफ पाउन थालेको छ ।
गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । शब्द र संगीत अर्जुन पोखरेलको छ । भिडियो कालिञ्चोक, मुडे लगायतका ठाउँहरुमा खिचिएको छ । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्की एकअर्काको बयान गर्दैछन् । चिसो मौसममा पनि प्रियंकाको पहिरन निकै खुलेको छ । छायाँकार सुरेश बज्राचार्यको काम भिडियोमा उत्कृष्ट देख्न सकिन्छ ।
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । आउँदो पौष २८ मा रिलिज हुने यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् । फिल्ममा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
भिडियो: