संजीवको ‘त्यो सपना’ सार्वजनिक



काठमाण्डौ। रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई र गायक संजीव पराजुलीको संयुक्त म्यूजिक एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ ।

एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले बिक्रम संवत २०५० सालदेखि गीत रचना गर्दै आएका छन् । यो एल्बम होमको पाँचौ सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले एक सय पचास बढी गीतमा संगीत दिएका छन् ।

हिट गीत ‘नाईं मलाई थाहा छैन’ मार्फत परिचय फैलाउन सफल गायक संजीवको यो दोश्रो सोलो एल्बम हो । यस एल्बममा ‘त्यो सपना’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘मेरी मायालु’ र ‘बेदनाले’ गरी पाँच गीत संग्रहित छन् ।

एल्बममा समावेश गीतहरुमा गायिका टीका प्रसाईं, ऱ्यापर मि. प्रिन्स (विवेक भण्डारी) र अनु शाक्यले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu