आर्यन र साम्राज्ञीका निर्देशक लक्ष्मण
काठमाण्डौ। नायक आर्यन सिग्देल चलचित्र निर्माणमा जुटेका छन् । आर्यनले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई आफ्नी जोडी बनाउँदै चलचित्र बनाउन लागेका हुन् ।
आर्यनको आफ्नै ब्यानरमा बन्ने चलचित्रको नाम ‘कायरा’ राखिएको छ, जुन चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । लभ स्टोरी जनराको यस चलचित्रको छायांकन फिलिपिन्समा हुनेछ ।
चकलेटी अभिनेताको ट्याग पाएका आर्यन र अहिलेकी हट केक साम्राज्ञीले अनस्क्रीन रोमान्स गर्ने खबर आएसँगै दर्शकले पनि चलचित्रलाई पर्खीरहेका छन् । चलचित्रको छायांकन यहि विन्टरमा हुनेछ भने आउँदो वर्ष रिलिज हुने बुझिएको छ ।
आर्यन र लक्ष्मणले यस अघि ‘धुवाँ यो नशा’ र ‘केसरी’मा सँगै काम गरिसकेका छन् ।