म्यूजिक भिडियोमा बर्षा र कर्मा (भिडियो)



काठमाण्डौ। ‘नाई मलाइ थाहा छैन’ गीतको सफलतापछी गायक सञ्जीव पराजुली र गायिका टिका प्रसाईंले संयुक्त रुपमा ’पहिलो भेटैमा’ गीत दर्शक तथा श्रोता माझ ल्याएका छन् । गत शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको एल्बम ’त्यो सपना’ मा संग्रहित यस गीतमा शब्द होम नाथ न्यौपाने र संगीत दीपक भट्टराईको रहेको छ ।

सार्वजनिक गीतमा अभिनेता कर्मा र अभिनेत्री वर्षा शिवाकोटी देखिएका छन् । यु दुवै नेपाली फिल्ममा अभिनय गर्ने कलाकार भएता पनि जोडी भने म्युजिक भिडियोमा बनेका छन् ।

गीतमा कर्मा र बर्षाको देखीएकी केमेष्ट्रीले बिमोचन समारोहमा तारिफ पाएको थियो । गीतमा दिपेन्द्र शाहीको कोरियोग्राफी रहेको छ भने यसलाई धन योन्जन तामाङले खिचेका हुन् ।

भरत रेग्मीको सम्पादन रहेको यस गीतलाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् । लक्ष्मण पछिल्लो समय रियालिटी शो नेपाल आइडलको निर्देशन मार्फत चर्चामा आएका थिए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu