यसरी मनाईयो ‘छक्का पञ्जा २’को ५१ दिने खुशियाली (भिडियो तथा फोटो फिचर)



काठमाण्डौ। यस बर्षको वडा दशैंमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा २’ प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको छ ।

यसै खुशियालीमा बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा चलचित्र यूनिट, शूभचिन्तक तथा सञ्चारकर्मीहरुको उपस्थिती थियो ।

कार्यक्रममा चलचित्रलाई सफल तुल्याउन अहोरात्र खटेका यूनिट सदस्यहरुलाई मायाको चिनो प्रदान गरियो । असोज ११ गतेदेखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’हालसम्म देशभरका केहि हलमा चलिरहेको छ ।

चलचित्रले हालसम्म साढे पन्ध्र करोडको ग्रस कलेक्सन गरिसकेको बताइएको छ । यसअघि एक सय दिन मनाएको ‘छक्का पञ्जा’ले सोह्र करोडको ग्रस व्यापार गरेको थियो ।

दिपकराज गिरी, दिपाश्री निरौला र विकास आचार्यको संयुक्त लगानी रहेको ‘छक्का पञ्जा २’मा दिपक सहित प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् ।


भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu