‘रज्जा रानी’को मैथिली भाषाधिकार बीस लाखमा बिक्रि



काठमाण्डौ। पौष २१ गते रिलीज हुने नेपाली चलचित्र ‘रज्जा रानी’को मैथिली भाषाधिकार बिक्रि भएको छ ।

निर्माता रमेश एम.के. पौडेलका अनुसार बीस लाखमा बिक्रि गरिएको चलचित्र मैथिली भाषामा पनि देशभर एकै दिन प्रदर्शन हुने छ । भारत लगायत अन्य विदेशी मुलुकहरुमा समेत प्रदर्शन हुने गरी भोर कम्पनी प्रा.लि.ले मैथिली भाषाको अधिकार लिएको हो ।

नाजिर हुसेन र केकी अधिकारी स्टारर यो चलचित्रले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्छ । यो चलचित्र आर्यन फिल्मसको ब्यानरमा रमेश एम.के. पौडेलको पस्तुतीमा बनेको हो ।

यम थापा निर्देशित यस चलचित्रमा नाजिर र केकीसँगै कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ ।

ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu