साइत हेरेर आयो ‘सुपर गोर्खे’को पोस्टर



मंसिर २९ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुपर गोर्खे’को पोस्टर सार्वजनिक गरिएको छ ।

ज्योतिषसँग साइत हेराएर बिहीवार सवा ११ बजे चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा गुड, व्याड र उग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ । चलचित्रकी मुख्य नायिका नायिका ऋचा सिंह ठकुरी भने पोस्टरमा अटेकी छैनन् ।

नायिका ठकुरीले निर्माण गरेको ‘सुपर गोर्खे’लाई राज थापाले निर्देशन गरेका हुन् । तारा प्रकाश लिम्बुको संगीत रहेको चलचित्रमा सौरभ लामाको छायांकन छ । चलचित्रमा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

अविर हाउस प्रोडक्सनमा बनेको चलचित्रले दैवी शक्तिबिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ । फिल्मको कथालाई मध्यनजर गर्दै समाजका केही शक्तिशाली व्यक्तिलाई सम्मान गर्ने योजना समेत निर्माणपक्षले बनाएको छ । ‘सुपर गोर्खे’को टिजर र एक गीत रिलिज भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu