अनु बनिन् तेस्रो लिङ्गी (भिडियो)
चर्चित गायक तुलसी शिवाकोटीको नयाँ गीत ‘म त मान्छे सिधा साधा’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ। कमेडी र रोमान्टिक जनरामा बनेको गीतको भिडियोमा गायक सिवाकोटी र अनु शाहले मोडलिङ् गरेका छन् ।
गीतमा मोडल अनु तेस्रो लिङ्गीको भूमिकामा प्रस्तुत भएकी छन् । यो गीतमा तुलसी सिवाकोटीको गायन, सुर्य खत्रीको शब्द र लिला शिवाकोटीको संगीत सुन्न सकिन्छ ।
युवराज वाइबाले निर्देशन गरेको भिडियोमा उत्सब दाहालले क्यामेरा चलाएका छन् ।
भिडियो: