यस्तो बन्यो ‘दिपज्योती’ ट्रेलर
दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको भोलीपल्ट अर्थात्, मंसिर २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दिपज्योती’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक सरोज खनालको एक्सन अवतार देखाइएको छ ।
एनपी फिल्मस् को व्यानरमा बनेको ‘दिपज्योती’लाई नारायण मैनालीले निर्देशन गरेका हुन् । यो चलचित्रमा रामजी लामिछानेको नृत्य तथा सम्राट बस्नेतको द्वन्द्व समावेश छ । रामशरण उप्रेती र राहुल राईले चलचित्र खिचेका हुन् ।
चलचित्रमा खुश्वु खड्का, रजनी केसी, सरोज खनाल, नीर शाह, प्रमोद द्विप, पुश्कर रेग्मी, दिपेन्द्र कोईराला, सुमित थापा, प्रिती बुढाथोकी लगायतको अभिनय छ ।
कृष्ण खनाल प्रस्तुतकर्ता रहेको चलचित्रमा निरन्जन ठाकुर र अञ्जना राई ठकुरी निर्माता छन् । ‘दिपज्योती’को कार्यकारी निर्माता रामकृष्ण अधिकारी हुन् । प्रेमको लागी आवश्यक त्याग तथा त्यससँगै उत्पन्न परिस्थितीले निम्त्याउने द्वन्द्वको वरिपरी चलचित्र घुमेको छ ।
ट्रेलर हेर्नुहोस् :-