‘गोरे’का दुई गीत एकसाथ रिलिज (भिडियो
काठमाण्डौ। यहि मंसिर २९ बाट प्रर्दशनमा आउने नेपाली चलचित्र ‘गोरे’का दुई गीत एकसाथ रिलिज भएका छन् । गोरेको शिर्ष गीत र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझि एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा अनु संग रोमान्टिक मुडमा देखिएका छन् ।
चलचित्र गोरेको शिर्ष गीत गोरे गोरे बोलको गीतमा बिकाश चौधरीको संगीत तथा रञ्जित कुमारको स्वर रहेको छ भने अर्को रोमान्टिक गीतमा बिकाश चौधरी र जुना प्रसाइको स्वर एवं बिकाश चौधरीकै संगीत रहेको छ ।
चलचित्र गोरेका यी गीत लाइ रबि कार्कि र राम बुढाथोकिले कोरियोग्राफि गरेका हुन् भने छायांकन हरिनारायण चौधरीले गरेका हुन् ।
रामेश कुमार राइको निर्देशन एवं सुर्य जिसिको निर्माणमा तयार चलचित्र गोरेमा दिलिप र अनुको साथमा राकेश कुमार राइको मुख्य भुमिका रहेको छ ।
हेरौँ गोरेका यी दुइ गीत: