यौन मनोविज्ञानको कथामा चलचित्र बन्ने, ‘मिस्टर भर्जिन’को घोषणा



काठमाण्डौ। तीन युवाको यौन मनोविज्ञानको कथामा चलचित्र बन्ने भएको छ । ‘मिस्टर भर्जिन’ शिर्षकमा बन्ने यो चलचित्रको बुधवार एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ ।

‘मिस्टर भर्जिन’मा गौरव पहारी, बिजय बराल र कमलमणि नेपाल मुख्य तीन पात्रका रुपमा रहेका छन् । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लि.को ब्यानरमा बन्ने चलचित्रलाई बिशारद बस्नेतको निर्देशन गर्दैछन् । यस चलचित्रमा गौरब, बिजय र कमलमणिका अलावा मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय रहनेछ ।

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ ।

‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्माताका रुपमा सन्दिप उप्रेती र मनिष खत्री रहेका छन् । मङ्सिर २९ गतेबाट छायांकन सुरु हुनेछ भने चलचित्र बैशाखको अन्तिम साता प्रर्दशन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu