शान्ति, दीपाश्री, फुलमान र विनोद सम्मानित



ड्रिम वल्र्ड फिल्म मेकर्स प्रा.लिले बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कलाक्षेत्रमा क्रियाशिल ब्यक्तिलाई सम्मान गरेको छ । बरिष्ठ लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा, गीतकार तथा पत्रकार शान्ति प्रिय, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पत्रकार फुलमान वल, लेखक निर्देशक तथा कलाकार विनोद पौडेल एकसाथ सम्मानित भए ।

कार्यक्रममा लक्ष्मीनाथ शर्मालाई ‘श्याम–सुनिता विशिष्ट चलचित्रकर्मी पुरस्कार २०७४’ , शान्ति प्रियलाई ‘श्याम–सुनिता वरिष्ट चलचित्रकर्मी पुरस्कार २०७४’ , फूलमान वललाई ‘श्याम–सुिनता युवा चलचित्रकर्मी पुरस्कार २०७४’ र दीपाश्री निरौला तथा विनोद पौडेललाई ‘श्याम–सुनिता चलचित्रकर्मी सम्मान २०७४’ प्रदान गरिएको छ ।

सम्मानित हुने सम्पूर्णलाई बरिष्ठ लेखक तथा निर्देशक चेतन कार्की र पुरस्कारकी संरक्षक सुनिता मुखियाले फुलको माला, खादा तथा प्रमाणले सम्मान गरे । मनोरञ्जन क्षेत्रमा क्रियासिल र कार्यरत बिभिन्न व्यक्तिलाई सम्मान र प्रोत्सानको रुपमा प्रदान गरिएको पुरस्कार मध्ये श्याम–सुनिता विशिष्ट चलचित्रकर्मी पुरस्कारको राशी १५,५५५ रहेको छ ।

‘श्याम–सुनीता वरिष्ट चलचित्रकर्मी पुरस्कार’ पनि १५,५५५ नै रहेको छ । त्यस्तै, श्याम–सुनिता युवा चलचित्रकर्मी पुरस्कारको राशी ११,१११ रहेको छ । श्याम–सुनिता चलचित्रकर्मी सम्मानमा भने प्रमाण पत्र मात्र रहेको छ ।

कार्यक्रममा बोल्दै अभिनेत्री दीपाले सम्मानले आफूलाई अझ अगाडि बढ्न हौसला प्रदान गरेको बताइन् । उनले महिलालाई फिल्म क्षेत्रमा अगाडि बढ्न निकै कठिन रहेको सुनाउँदै पुरस्कार स्थापना गर्ने सवनम आफैं सम्मानको भागेदार रहेको धारणा अगाडि सारिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu