आयो ‘कृ’को ट्रेलर, यसरी बदले अनमोलले आफ्नो शरीर (भिडियो सहित)



काठमाण्डौ। यस बर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर यूट्युबमा पनि सार्वजनिक गरिएको छ ।

युवास्टार अनमोल केसीलाई ट्रेलरमा दुई अवतारमा देख्न सकिन्छ । यसपटक अनमोललाई ‘एक्शन हिरो’को रुपमा प्रस्तुत गरिएको छ । आकर्षक शरीर बनाएका अनमोलले खतरनाक द्वन्द्व गरिरहेको अवस्थामा देखिन्छन् । उनले आफ्नो प्रेम वियोगको बदला लिन आफुलाई त्यहि अनुसार तयार पारेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

साथै, यसअगाडीका चार चलचित्रमा जस्तै यो चलचित्रमा पनि उनि प्रेमिल समेत देखिएका छन् । यो चलचित्रमा उनले चर्चित मोडल अदिती बुढाथोकीसँग रोमाञ्स गरेका छन् । अदितीले यसै चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेकी हुन् ।

ट्रेलरमा अनुप विक्रम शाही र कामेश्वर चौरासिया समेत देखिएका छन् । अनुप यो चलचित्रमा खलपात्रको रुपमा देखिएका छन् । ट्रेलर हेर्दा उनले यस चलचित्रमा रिसाहा भिलियनको भूमिका निभाएको बुझ्न सकिन्छ ।

चलचित्रको ट्रेलर इन्टरनेटमा सार्वजनिक भएलगत्तै चर्चित बनिसकेको छ । बहुप्रतिक्षित यो चलचित्रले नेपाली चलचित्र इतिहासका धेरै रेकर्डहरु ब्रेक गर्ने अनुमान गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले पनि ट्रेलरबारे निकै उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् ।

सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘कृ’लाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास गिरी र भूवन केसी निर्माता रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह-निर्माता श्री पराजुली रहेका छन् ।

माघ २६ गतेबाट नेपालभर यो चलचित्र रिलिज हुनेछ । अघिल्ला ४ वटा चलचित्रमा रोमान्टिक नायकको रुपमा देखिएका अनमोल यो चलचित्रमा रोमान्टिकसँगै एङ्ग्री अवतारमा पनि देखिएका हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu