‘कृ’ ट्रेलरले बनायो यस्तो रेकर्ड (भिडियो)



शुक्रबार बेलुकी ६ बजे सार्वजनिक भएको यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कृ’को ट्रेलरले युट्युबमा नेपाली फिल्मको ट्रेलरले यसअगाडि बनाएको सबै रेकर्डलाई तोडिदिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको ६ घन्टामै ट्रेन्डिङको तेश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसको केहि घन्टामै ट्रेलर नेपाल ट्रेन्डिङको दोश्रो स्थानमा उक्लन सफल भयो ।

अब, फिल्मको ट्रेलर सार्वजनिक भएको १९ घन्टामै नेपालमा युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । कुनै पनि चलचित्रको ट्रेलर यसअगाडि सार्वजनिक भएको यति छोटो समयमा नै ट्रेन्डिङको पहिलो स्थानमा उक्लन सफल भएको थिएन ।

यस्तै, यसले आक्रामक भ्यूजको पनि रेकर्ड राखेको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टामै १ लाख पटक हेरिएको पहिलो ट्रेलर नै ‘कृ’को बनेको छ । यस्तै, चलचित्र ‘ए मेरो हजुर २’को ट्रेलर सार्वजनिक भएको २४ घन्टामा ५ लाख ५ हजार पटक हेरिएको थियो । तर, ‘कृ’ले युट्युबमा यो रेकर्ड पनि तोडेको छ । यसलाई, सार्वजनिक भएको २२ घन्टामै ६ लाखभन्दा बढी पटक हेरिएको छ ।

नायक अनमोल केसीको क्रेज र लामो समयको प्रतिक्षाका कारण पनि युटुबमा चलचित्रको ट्रेलरले यो आक्रामक प्रतिक्रिया पाएको हो । युटुबमा २२ घन्टामै २८ हजार भन्दा बढी लाइक्स, २ हजार डिसलाइक र ६ हजार भन्दा बढी कमेन्ट ‘कृ’को ट्रेलरले प्राप्त गरेको छ ।

भिडियो :-

सुवास गिरी र भूवन केसी मिलेर निर्माण गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।

माघ २६ गतेबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा यस्तै आक्रामक व्यापार गर्ने अड्कल काटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu