‘जालगेडी’बाट पोखरामा ‘पिम्फ’ सुरू



नेपालकै परिवेशमा निर्माण गरिएको सुदुरपश्चिमको कथा ‘जालगेडी’को प्रदर्शनसँगै तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (पिम्फ) सुरू भएको छ। बिहिबारबाट पोखराको सभागृहमा ‘पिम्फ’ सुरू भएको हो ।

पोखरा फिल्म सोसाइटीको आयोजनामा तीन दिनसम्म चल्ने सो महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा चलचित्र प्रदर्शन गरिने महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिए । महोत्सवमा वृत्तचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेसन लगायतका चलचित्र समेटिएका छन् ।

महोत्सवमा २६ नेपाली र १७ विदेशी चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा पोखराका दुईवटा फिल्म पनि समावेश गरिएको छ । महोत्सवको पहिलो दिनमा १०, दोस्रो दिन २० र तेस्रो दिन १३ चलचित्र प्रदर्शन गरिने कार्यक्रम छ । समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई मात्र महोत्सवमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu