अभिनेत्री बिना थापाको सडक दुर्घटनामा निधन



अभिनेत्री बिना थापाको बुधवार सडक दुर्घटनामा निधन भएको छ । बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार थापाको निधन भएको हो । राजधानीको बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई वीर अस्पताल लगिएको थियो ।


उपचारको क्रममा उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिना गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी हुन् । ‘उवर्शी’, ‘डिभोर्स’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी उनी अभिनीत नयाँ चलचित्र ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ ।

उनले दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu