‘लिलिबिली’को इन्डक्ल्याप



लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर चलचित्र ‘लिलिबिली’को युरोप छायांकन सकिएको छ । स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्की फिचर्ड गीतको छायांकनसँगै चलचित्रको इन्डक्ल्याप गरियो । चलचित्रको केहि प्रतिशत छायांकन भने नेपालमै हुनेछ ।

युरोपियन देशमा चलचित्रको छायाँकन सकिन झन्डै ५० दिन लाग्यो । मिलन चाम्स निर्देशित चलचित्रमा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । चलचित्रमा नेपाली नयाँ वर्षको अवसर पारेर चैत ३० मा अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu